काठमाडौं । फेसबुकमा अहिले एउटा चोरको समाचार फैलिरहेको छ। चोरले सामान्यतया बहुमुल्य सामान वा धन चोर्ने गर्छ। तर एकजना कारमा सवार गर्ने व्यक्तिले फूलको गमला चोरेपछि चर्चा चुलिएको हो।

घटना न्युजिल्याण्डको अकल्याण्डमा घटेको हो। एउटा कार एउटा कार अगाडि आएर रोकिन्छ। कार रोकेपछि कार चलाएर आएका व्यक्ति कारबाट ओर्लिन्छन् र कारको ढुक्क खुल्लै राखेर उक्त घरको बाहिर राखेको फूलको गमला चोरेर जान्छन्।

गमला चोरेर जाँदा उनले वरिपरि कोही मान्छे छ की भनेर पनि हेर्दैनन् तर वास्तवमा त्यो घरको वरिपरि क्यामरा जडान गरिएका कारण उनको हर्कत रेकर्ड हुन्छ। त्यो घरका घरबेटीले उक्त घटना सार्वजनिक गर्दै भनेका छन् , ‘पछि उनी कति जिल्ल परे होलान् ! किनकी त्यो नक्कली फूल थियो।’

 डिसी नेपाल बाट 

Loading...