काठमाडौँ। हालै छायांकन सम्पन्न गरेको फिल्म ‘’मिस्टर भर्जिन’’ले एक अडियो गीत इन्टरनेटमा सार्वजनिक गरेको छ । सार्वजनिक ’टुल्की’ बोलको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत समावेश छन् । र्‍यापर अमृत ल्वांगुणले यस गीतमा र्‍याप गाएका छन् । यस गीतमा कमल सौरागको अरेन्ज रहेको छ ।

गीतको भिडियोमा भने कलाकारहरु श्रद्धा प्रसाईं, स्मृति पोख्रेल र एलिन मरान्दा फिचर्ड छिन् । बिशारद बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा भने गौरव पहारी, मरिश्का पोख्रेल, विजय बराल, कमल मणि नेपाल, भोजराज सापकोटा, रबिन्द्र झा लगायतको मुख्य अभिनय रहेको छ ।

वर्ल्ड वाइड फिल्मस् प्रा।लिको दोश्रो प्रस्तुति यस फिल्मको टाईटल युवा दर्शक आकर्षित हुने किसिमको छ । महेश दवाडीको कथामा बन्ने यस फिल्ममा यौन मनोविज्ञानलाई जोडिएको छ ।

बैशाखको अन्तिमतिर प्रदर्शन गर्ने भनिएको यस फिल्म कमेडी जानरामा बनेको छ बन्ने । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र निर्देशक बस्नेत कै संयुक्त लगानीमा बन्ने यस फिल्ममा रामेश्वर कार्कीको छायांकन, बिक्रम स्वाँर, दिपक मान सिंहको करियोग्राफी, सुरज पण्डित लगायतको संगीत रहने छ ।

 डिसी नेपालबाट

Loading...