एजेन्सी । नेशनल क्रश बनेकि प्रिया प्रकाशको पूरा भारत दिवाना भएको छ । एक मिनेटको समयमा प्रियाले नसालु आँखाको माध्यमबाट यस्तो गोलि चलाइनकी रोशनको साथमा पूरा भारत घायल भएको छ । मलयालि चलचित्र ‘ओरु अदार लब’को एउटा गित रातारात हिट भएपछि प्रिया प्रकाशको दिवाना आम मानिस मात्रै होइन ऋषि कपूर जस्ता सूपरहिट स्टार पनि भएका छन् ।

ऋषि कपूरले एक ट्वीटको माध्यमबाट प्रियाको खुलेर प्रशंसा गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘मेरो अनुमान छ, यस केटीलाई ठूलो स्टारडम मिल्नेछ । प्रिया वारियर्स । प्रिया धेरै एक्सप्रेसिभ, लजालु अनि निर्दोष छिन् । प्रिय! प्रिया तिमी तिम्रो उमेर समूहको वर्गको लागि कडा चुनौती दिन जादैछौ । इश्वरले तिम्रो साथ दिउन, अनि तिमी राम्रो काम गर । मेरो समयमा किन आइनौ तिमी ?’

प्रियाले एउटा अन्तर्वार्तामा भनेकी थिइन् कि बलिउडमा काम गर्ने सपना छ । तर अहिले उनी कलेज अनि आउने चलचित्रमा सबै ध्यान दिन चाहन्छिन् । यति मात्रै होइन प्रिया ‘पद्मावत’ चलचित्रको डाइरेक्टर सञ्जय लीला भसालीको साथमा पनि काम गर्न चाहन्छिन।

प्रियालाई मन पर्ने बलिउड नायिका दिपिका पादूकोण हुन् । ‘मनिक्या मलाराया पुवि’ बोलको गीतमा प्रियाले आफ्नो घातक नजरबाट मानिसहरुका मन जित्न सफल भएकी छिन् । गीतको साथै सो चलचित्रको ट्रेलर आजभोलि धेरै शेयर भइरहेको छ । एक दिन अगाडि रिलिज भएको एस ट्रेलरलाई ३५ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

 टुडे न्यूवबाट

Loading...