इटहरी/ केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ । पछिल्लो समय यस्ता हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् ।

त्यो समय अर्चनाले यस्ता हर्कत गरेपछि आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थियो ।तर आफ्नो हर्कतलाई विश्राम दिइनन् । यता फिल्म क्षेत्रका केही निर्माता निर्देशक पनि त्यसबेला अर्चनालाई आफ्नो फिल्ममा लिन लाईन लागे।

आफ्नो फिल्ममा मुख्य नायिका पनि बनाए, तर फिल्म हेर्न जाने सिमित दर्शकहरु मुख छोप्दै हल छिरेर निस्किए । निर्माताको लाखौ लगानी चुर्लुम्मै भयो । पछिल्लो समय अर्चनाको फिल्म लाईनमा नाम निशान छैन । तर काठमाण्डौको एक डान्स बारमा नाच्ने गर्छिन भन्ने खबर बाहिरिएको छ।

मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् । फेसबुकमा बिवाहको पहिरन सहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकि छन् “गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु” भनेर लेखेकी छिन् ।

यो उनको चर्चामा आउने शैलि हो या रियल हो ? त्यो भने खुलेको छैन ।पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

  पूवैर्ली न्युजबाट

Loading...